कञ्‍चनपुर दुर्घटना : मृतकको संख्या चार पुग्यो

कञ्‍चनपुर दुर्घटना : मृतकको संख्या चार पुग्यो

कञ्चनपुर : कञ्चनपुरमा भएको अटोरिक्सा र जेसीबीको ठक्‍करबाट भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । गम्भीर घाइते अटोचालक भीमदत्त नगरपालिका ११ का प्रेम थापाको भारतको बरेली लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

यसअघि, दुर्घटनास्थलमै बैतडी जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डुका ३८ वर्षीय किशनसिंह बोहरा, कास्की पोखरा पृथ्वीचोककी ३५ वर्षीया बिना रिजाल र भारतीय नागरिक ५८ वर्षीय तिल प्रशादको मृत्यु भएको थियो। चार जनाको शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ।

घाइते कञ्चनपुरको बेल्डाडी गाउँपालिका ७ का २६ वर्षीय सन्तोस लुहार, मृतक किसनसिंह बोहराकी श्रीमती ३२ वर्षीया लक्ष्मी बोहरा र उनका ३ वर्षीय छोरालाई उपचारका लागि धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएको छ।

दुर्घटनाका बेला साइकलमा विद्यालय गइरहेका भीमदत्त नगरपालीका १० का जगदिश पार्की समेत घाइते भएका र उनको महाकाली अञ्चल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ज्ञान बहादुर विष्टले जानकारी दिए।