क्यानडाविरुद्ध दोस्रो एक दिवसीयमा नेपाल ‘ए’ विजयी

क्यानडाविरुद्ध दोस्रो एक दिवसीयमा नेपाल ‘ए’ विजयी

काठमाडौँ । क्यानडा-११ विरुद्धको एक दिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपाल ‘ए’ दुई विकेटले विजयी भएको छ । क्यानडाले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ले ४९ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो । 

नेपालका लागि कप्तान सन्दीप जोराले ६६ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, अर्जुन कुमालले ४०, शेर मल्ल ७, किरण थगुन्ना १३ रनको योगदान दिए । 

यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २४० रन बनाएको थियो । क्यानडाका श्रेयास मोभाले ६८, नवनीत धलिवलले ४६, सृमन्थ विजयरत्नेले ४१ र आरोन जोन्सनले ३६ रनको योगदान दिएका थिए ।

बलिङमा नेपालका शाहव आलमले ३, शेर मल्ल र रशिद खानले २–२, बसिर अहमद र सागर ढकालले १–१ विकेट लिएका थिए । जितसँगै नेपाल ‘ए’ टिमले क्यानडाविरुद्ध ३ खेलको एक दिवसीय सिरिज १–१ को बराबरी गरेको छ ।

पहिलो खेलमा नेपाल ‘ए’ टिम क्यानडासँग पराजित भएको थियो । नेपाल ‘ए’ टिम क्यानडासँग ४ विकेटले पराजित भएको थियो ।