कञ्चनपुरमा लागु औषधसहित एक भारतीय पक्राउ

कञ्चनपुरमा लागु औषधसहित एक भारतीय पक्राउ

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट लागु औषध (खैरो हिरोइन)सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगर र कञ्चनपुरको प्रहरी अनुसन्धानको टोलीले भारतको बरेली रसोला तालिब सेइन महल्ला बस्ने ३५ वर्षिय रहेम अहमदलाई पक्राउ गरेको हो ।

उनलाई भीमदत्त नगरपालिका वडा नम्बर ९ स्थित बह््रमदेवबाट पक्राउ गरिएको प्रहरीले जनाइएको छ ।

उनीबाट अन्दाजी १० ग्राम खैरो हिराइन बरामद गरिएको छ । पक्राउ परेका अमदमलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायव निरिक्षक सुशिल चन्दले जनाए ।