नेपाल ‘ए’ टीमले क्यानडाविरुद्ध पहिला फिल्डिङ गर्दै

नेपाल ‘ए’ टीमले क्यानडाविरुद्ध पहिला फिल्डिङ गर्दै

काठमाडौं। क्यानडाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ टीमले पहिला फिल्डिङ गर्ने भएको छ।

मुलपानी क्रिकेट मैदानमा क्यानडाविरुद्ध नेपाल ‘ए’ टीमका कप्तान सन्दीप जोराले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

यो खेलमा पहिलो खेलमा कप्तानी गरेका विनोद भण्डारीलाई विश्राम दिइएको छ। आज नेपाल ‘ए’ टीमको कप्तानी सन्दीप जोराले गर्नेछन्। पहिलो खेलमा नेपाल ‘ए’ टीम क्यानडासँग ४ विकेटले पराजित भएको थियो ।