मुखको दुर्गन्ध सधैंका लागि कसरी हटाउने ?

मुखको दुर्गन्ध सधैंका लागि कसरी हटाउने ?

एजेन्सी । कतिपय मानिसहरु मुखबाट दुर्गन्ध आउने समस्याले ग्रस्त हुन्छन् । यस्तो अवस्थामा सामाजिक स्थानहरुमा लज्जाको अवस्था पनि आउन सक्छ । त्यसैले यस्तो समस्यालाई सधैंका लागि निको बनाउनु नै बुद्धिमानी हुन्छ । यहाँ केही घरेलु उपाय छन् जसलाई प्रयोग गर्न सकिनेछ ।

विशेषज्ञका अनुसार मुखबाट दुर्गन्ध अत्यधिक समय खराब पाचन प्रक्रिया तथा खराब पेटको कारणले आउने गर्छ । पेट तथा आन्द्रामा खराब ब्याक्टेरिया बढ्नाले मुखबाट दुर्गन्ध आउन थाल्छ । यस्तोमा मुखको दुर्गन्धबाट राहत पाउनका लागि आफ्नो आन्द्रा तथा पेटको स्वास्थ्यलाई सुधार्नुपर्छ ।

आफ्नो पेटको स्वास्थ्य ठिक गर्नका लागि तथा मुखबाट आउने दुर्गन्धबाट राहत पाउनका लागि आफ्नो खानपानमा फर्मेन्टेड फुडहरुलाई समावेश गराउनुस् ।

प्री तथा प्रोबायोटिक भएका चीजहरुलाई आफ्नो खानपानमा समावेश गरेर पनि आन्द्रा तथा पेटलाई सुधार्न सकिन्छ । जसले गर्दा मुखको दुर्गन्धबाट राहत पाउन सकिन्छ ।

नियमित रुपमा हरियो तरकारीहरुको जुस तथा सुपहरु खाँदा पनि पेटको स्वास्थ्यमा सुधार आउँछ । जसले गर्दा मुखको दुर्गन्ध पनि कम हुन सक्छ ।
फाइबर स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । र यो सम्पूर्ण स्वास्थ्यका लागि एकदमै आवश्यक चिज पनि हो । त्यसैले फाइबर भएको खानपानमा जोड दिनुस् ।

राम्रो पेटको स्वास्थ्यका लागि चामललाई पकाएर चिसो बनाएर खान फाइदाजनक हुन्छ । यसले मुखको दुर्गन्धबाट पनि राहत पाउन सकिन्छ ।

मुखको दुर्गन्धबाट राहत पाउनका लागि मुख तथा दाँतहरु पनि सफा राख्न एकदमै जरुरी हुन्छ । त्यसैले दैनिक दिनमा दुईपटक अवश्यक ब्रस गर्नुस् ।

भरपूर मात्रामा पानी पनि सम्पूर्ण स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । साथमा पानीको कमीले पनि कतिपय अवस्थामा मुखबाट दुर्गन्ध आउने गर्छ ।