धनगढी बसपार्क नजिक नवजात शिशु मृत फेला, हत्याको आशंका

धनगढी बसपार्क नजिक नवजात शिशु मृत फेला, हत्याको आशंका

धनगढी । धनगढी बसपार्क नजिक नवजात शिशु मृत फेला परेका छन् । धनगढीमा -४ बसपार्क नजिक कम्बलमा बेरेर राखेको अवस्थामा शिशु मृत फेला परेका हुन् ।

शिशुकी आमा भने फरार रहेकी छन् । उनी भाडामा बस्दै आएकी बुझिएको छ । दुई महिलालाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले  जनाएको छ ।