एक्सिस विद्याश्रमको १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

एक्सिस विद्याश्रमको १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा रहेको एक्सिस विद्याश्रमले १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ ।

वार्षिकोत्सवको अवसरमा आफनै प्राङ्गणमा विविध कार्यक्रम तथा सांस्कृतिक प्रस्तुतिसहित विशेष समारोहको आयोजना गरिएको हो ।

विद्यालयका प्रिन्सिपल अनिता पन्तको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख धनपति भेटुवाल प्रमुख अतिथि रहेका थिए ।

सो अवसरमा उनले अभिभावकहरुले आफना बालबालिकालाई स्नातक तहसम्म अनिवार्य अध्यापन गराउन अनुरोध गरे । उनले भने –‘हामी शिक्षा बिना पशु सरह छौं । विद्यार्थीहरुलाई पढाउन म अभिप्रेरित गर्छु । स्नातक तहसम्म पढाए उनीहरुले आफनो भविस्य आफै खोज्छन् ।’ उनले बालबालिकाको करियर पढाई पुरा भएपछिमात्र बन्ने बताए ।

कार्यक्रममा नाष्ट कलेजका प्रमुख शिवहरी मुडभरीले राष्ट्रियतालाई ध्यानमा राखेर शिक्षा दिन जरुरी रहेको बताए । उनले भने –‘राष्ट्रको राजनीतिक अवस्था र आम नागरिकको अवस्थालाई विद्यार्थीहरुले कलामार्फत प्रदर्शन गरेका छन् । यस्ता शिक्षा सबै विद्यालयमा दिन जरुरी छ ।’

कार्यक्रममा विभिन्न विद्यालयमा कार्यरत शिक्षक, अभिभावक, विद्यार्थी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

वार्षिकोत्सवको अवसरमा शैक्षिक सत्र २०७९ मा कक्षामा उत्कृष्ट भएका विद्यार्थी, अनुसासित, नियमित हाजिर भएका, विभिन्न प्रतियोगितामा उत्कृष्ट लगायतका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

यस्तै, वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले सृजना गरेका विभिन्न प्रविधिका उपकरणहरु पनि प्रदर्शनीमा राखिएको थियो ।
शिक्षक केशव भट्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक नवराज भट्ट र विष्णु पोखरेल तथा विद्यार्थी वर्षा अधिकारी र गणेश धामीले गरेका थिए ।