‘सुदूरका भुषण यज्ञराज जोशी’ पुस्तक विमोचन

‘सुदूरका भुषण यज्ञराज जोशी’ पुस्तक विमोचन

धनगढी । नेपाल पत्रकार महासंघ कैलाली शाखाका संस्थापक तथा साहित्यकार यज्ञराज जोशीको पत्रकारिता र साहित्य क्षेत्रमा पुगाएको योग्दानको कदर गर्दै ‘सुदूरका भुषण यज्ञराज जोशी’ नामक पुस्तक सोमबार विमोचन गरिएको छ ।

नेपाल पत्रकार महासंघ कैलालीले प्रकाशन गरेको सो पुस्तक सोमबार कैलाली जनपुस्तकालयको ४७ औं वार्षिक साधारण सभाको अवसरमा विमोचन गरिएको हो ।

पुस्तकको सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव हरि लम्सालले विमोचन गरे । एडि प्रिन्टिङ हाउसद्धारा मुद्रण रहेको सो पुस्तककोे मूल्य दुई सय रहेको छ ।

२०४० सालदेखि पत्रारिता र २०३० सालदेखि साहित्य सेवा गर्दै आएका जोशी हालसम्म सोही सेवा गर्दै आइरहेका छन् । शिक्षण पेशा त्यागेर साहित्य र पत्रकारिता क्षेत्रमा उनको योग्दानलाई स्मरण गर्दै सो पुस्तक महासंघले बजारमा ल्याएको पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बताए ।

डोटीको गडसेरामा जन्मिएका जोशी हाल धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा बस्दै आएका छन् । उनका २४ वटा कृति प्रकाशित भइसकेका छन् । पिता विष्णुदास तथा आमा नर्मदाका जेठा छोराका रुपमा २०१० कृष्ण जन्माष्टमीका दिन उनको जन्म भएको थियो ।