गोली हानाहानमा ६४ जनाको मृत्यु

गोली हानाहानमा ६४ जनाको मृत्यु

पपुवा न्युगिनीको दुर्गम हाइल्यान्ड क्षेत्रमा भएको गोली हानाहानमा ६४ जनाको मृत्यु भएको छ ।

एनगा प्रान्तमा दुई आदिवासी समूहबीचको झगडामा गोली हानाहान हुदा मानिसहरु मारिएका बीबीसीले जनाएको छ ।

घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको खबरमा उल्लेख छ ।

पपुवा न्युगिनीको हाइल्याण्ड हिंसाग्रस्त क्षेत्र हो ।  तर अहिलेको  आक्रमण र हत्यालाई यो वर्षकै दुःखद् र ठूलो हत्याकाण्डको घटनाका रुपमा हेरिएको छ । गएको वर्ष पनि आदिवासीको हिंसाका कारण एन्गा प्रान्तमा तीन महिना लकडाउन गरिएको थियो ।

द्वन्द्वले उग्र रुप लिएपछि कर्फ्यु र यात्रामा प्रतिबन्ध घोषणा गरिएको थियो।

त्यहाँका आदिवासीहरुबीच प्राय: जग्गा र सम्पत्तिको बाँडफाँटलाई लिएर द्वन्द्व हुने गरेको बीबीसीले जनाएको छ ।