नामिबिया र नेदरल्यान्ड्स आज भिड्दै

नामिबिया र नेदरल्यान्ड्स आज भिड्दै

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ क्रिकेट अन्तरगत आज नामिबिया र नेदरल्यान्ड्सबिच प्रतिस्पर्धा हुँदैछ ।

बिहान सवा ९ बजेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली प्रतिस्पर्धा गर्न लागेका हुन् । 

पहिलो खेलमा नामिबियाले नेपाललाई पराजित गरेको थियो भने नेदरल्यान्ड्स नेपालसँग पराजित भएको थियो ।

नेदरल्यान्ड्स आजको खेलमा जित निकाल्दै अङ्क बटुल्ने सोचमा छ भने नामिबिया पनि आज जित निकाल्दै बलियो दाबेदारी प्रस्तुत गर्न चाहन्छ ।