कोबिदाको वार्षिकोत्सव तथा अभिभावक दिवस

कोबिदाको वार्षिकोत्सव तथा अभिभावक दिवस

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बिशालनगरस्थित कोबिदा इन्टरनेश्नल एकेडेमीले ३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ ।

वार्षिकोत्सवको अवसरमा आफनै प्राङ्गणमा विविध सांस्कृतिक प्रस्तुतिसहित विशेष समारोहको आयोजना गरिएको हो ।

विद्यालयका अध्यक्ष कृष्णबहादुर खत्रीको अध्यक्षतामा भएको वार्षिकोत्सवमा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ की वडा सदस्य मिना सिंह प्रमुख अतिथि रहेकी थिइन् ।

सो अवसरमा उनले विद्यालयले आगामी दिनमा पनि योग्य र सक्षम विद्यार्थीहरु उत्पादन गर्नमा जोड दिन सुझाव दिइन् । उनले विद्यालयलाई धन्यवाद दिँदै –‘आगामी दिनमा पनि राम्रा र सामाजिक कार्यमा अब्बल भएको हेर्न पाउँ ।’

कार्यक्रममा विभिन्न विद्यालयमा कार्यरत शिक्षक, साहित्यकार, विद्यार्थी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

वार्षिकोत्सवको अवसरमा शैक्षिक सत्र २०७९ मा कक्षामा उत्कृष्ट भएका विद्यार्थी, अनुसासित, नियमित हाजिर भएका लगायतका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

झण्डै तीन वर्ष अघि यो विद्यालय प्रियका बोर्डिङ्ग स्कुलका नाममा परिचित थियो । अहिले कोबिदाका नाममा आफनो परिचयलाई फैलाउँदै गएको सञ्चालक सविन रोकायाले बताए ।