क्यानडासँगको मैत्रीपूर्ण  एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ पराजित

क्यानडासँगको मैत्रीपूर्ण  एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ पराजित

नेपाल भ्रमणमा रहेको क्यानडासँगको मैत्रीपूर्ण  एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ ।

 मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल ‘ए’ क्यानडासँग चार विकेटले पराजित भयो । जितका लागि दुई सय १७ रनको लक्ष्य पछ्याएको क्यानडाले ४९.३ ओभरका ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

क्यानडाका लागि नवनीत धलिवालले सर्वाधिक ८० रन बनाए । निखिल दत्तले अविजित ६७, कप्तान साद विन जफरले २३, श्रेयस मोम्भाले अविजित २२ र दिलप्रित बाज्वाले १० रन बनाए । नेपाल ‘ए’ का लागि साहब आलमले दुई विकेट लिए । रासिद खान, बसिर अहमद प्रतिश जित र सागर ढकालले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय १६ रन बनाएको थियो ।

नेपालका लागि बसिर अहमदले अविजित ५० रन बनाए । यस्तै रासिद खानले ४०, मायन यादवले समान ३६, किरण ठगुन्नाले २५ विवेक यादवले २३ र सन्दीप जोराले १४ रन जोडे । 
 बलिङमा क्यानडका कप्तान साद बिन जाफले तीन विकेट लिए ।

यस्तै इश्वरजीत सोहीले दुई तथा डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले एक एक विकेट लिए ।

नेपाल ‘ए’ ले क्यानडासँग तीन खेलको सिरिज खेल्न लागेको हो । पहिलो जितसँगै क्यानडाले सिरिजमा १–० को अग्रता लिएको छ ।