प्रिमियर लिगको खेलतालिका सार्वजनिक

प्रिमियर लिगको खेलतालिका सार्वजनिक

इङ्लिस प्रिमियर लिगको नयाँ सिजन आगामी अगस्ट ९ तारिखबाट सुरु हुने भएको छ। सन् २०१९÷२०२० को प्रिमियर लिगको उद्घाटन खेलमा च्याम्पियन्स लिग विजेता लिभरपुल र प्रिमियर लिगमा बढुवा भएको नर्विच सिटी भिड्नेछन्।

बिहीबार सार्वजनिक गरिएको तालिकाअनुसार पहिलो चरणमा साबिक विजेता म्यानचेस्टर सिटीले अगस्ट १० तारिख वेस्टहाम युनाइटेडको सामना गर्नेछ।

सोही दिन एस्टन भिल्लाले सेफिल्ड युनाइटेड, बर्नलीविरुद्ध साउथह्यामटन, क्रिस्टल प्यालेसविरुद्ध एभर्टन, लेस्टर सिटीविरुद्ध वल्भ्स, वाटफोर्डविरुद्ध ब्राइटन र टोट्टनहामविरुद्ध एस्टन भिल्लाबीच प्रतिस्पर्धा हुनेछ। अगस्ट ११ तारिख हुने दुई खेलसँगै पहिलो चरणको खेल सकिनेछ। अगस्ट ११ तारिख न्यु क्यासल युनाइटेड र आर्सनल तथा म्यानचेस्टर युनाइटेड र चेल्सीबीच प्रतिस्पर्धा हुनेछ।

पहिलो चरणको खेलपछि सातामा पाँच खेल हुनेछ। एउटा टोलीले खेल खेलेपछि कम्तीमा एक साता वि श्राम पाउनेछ। यसैगरी प्रिमियर लिगको इतिहासमै पहिलो पटक सहभागी टोलीलाई फेब्रुअरीमा मध्य सिजनको वि श्राम दिइने भएको छ।