नेपाल ए विरुद्ध क्यानडा दबाबमा

नेपाल ए विरुद्ध क्यानडा दबाबमा

काठमाडौं । नेपाल ए सँगको एकदिवसीय क्रिकेटमा २१७ रनको लक्ष्य पछ्याएको क्यानडा ११ ले खराब सुरुवात गरेको छ ।

मुलपानीमा क्यानडाले १० ओभरमै ४५ रन जोड्दा ४ विकेट गुमाइसकेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो ।

नेपालका बसिर अहमद ५० रनमा अविजित रहे । रासिद खानले ४० रन बनाए भने मयन यादवले ३६ रन जोडे ।