धनगढीबाट लागुऔषधसहित २ जना पक्राउ

धनगढीबाट लागुऔषधसहित २ जना पक्राउ

धनगढी ।  धनगढीबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाडी चोकबाट ३५० मिलिग्राम लागुऔषधसहित २ जना पक्राउ परेका हुन्।

अस्थाई प्रहरी पोष्ट, चटकपुरको टोलीले शनिवार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाडीका २२ वर्षीय सञ्जय राना र गोदावरी नगरपालिका वडा नम्बर ५ गेटाका २३ वर्षीय मनोज रानालाई पक्राउ गरेको हो। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रदेश प्रहरीले बताएको छ।