सुनका गरगहना र नगद रकम सहित पक्राउ परेका चार जना सार्वजनिक

सुनका गरगहना र नगद रकम सहित पक्राउ परेका चार जना सार्वजनिक

धनगढी : कैलाली प्रहरीले सुनका गरगहना र नगद रकम सहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको छ । दुई सय ७७ ग्राम बराबरका सुनका गरगहना र नगद रकम सहित पक्राउ परेकालाई कैलाली प्रहरीले शुक्रवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

भारत लुधियाना पन्जाब गुरुदेवनगर स्थित नन्द किशोरको घरबाट गहना र नगद चोरी गरेर फरार कैलालीको गोदावरी नगरपालिकाका योगेन्द्र बिक, गौरिगंगा नगरपालिकाका कुमार भुल, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मानबहादुर कार्की र सोही ठाउँका सन्तोष भट्टराईलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरूको साथबाट २७ ग्राम ५ सय ३० मिलिग्राम सुनको एक थान सिक्री, ८ ग्राम ८० मिलिग्राम सुनको एक थान औँठी, १ ग्राम ४ सय मिलिग्राम सुन लगायतका गहना र १ लाख ४७ हजार ५ सय भारतीय रुपैयाँ, ९२ हजार ५ सय नेपाली रुपैयाँ, १ सय ३० अमेरिकन डलर, हंगेरीको ५ सय नगद रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुदीप गिरीले बताए ।