तेक्वान्दोका चार खेलाडीलाई ब्ल्याक बेल्ट

तेक्वान्दोका चार खेलाडीलाई ब्ल्याक बेल्ट

धनगढी । राष्ट्रिय तेक्वान्दो सङ्घ नेपालले धनगढीका चार जना खेलाडीलाई ब्ल्याक बेल्ट प्रदान गरेको छ । खेल प्रशिक्षण सुरु गरेको तीन वर्षपछि धनगढीका सृजना गुरुङ, आर्यन डगौरा, प्रभात जोशी र प्रशंसा अधिकारीले ब्ल्याक बेल्टको प्रमाणपत्र पाएका हुन् ।

गत महिना लिइएको टेष्ट परीक्षामा उर्तीण हुनुभएको उहाँहरूलाई शनिबार एक कार्यक्रमका बिच केन्द्रीय प्रतिनिधि तथा सुदूरपश्चिम प्रदेशमा कार्यरत प्रशिक्षक राजेन्द्र भण्डारीले प्रमाणपत्र प्रदान गरे। उनले खेल जीवनमा लगनशीलता र अनुशासन कहिल्यै नछोड्न आग्रह गरे ।

राष्ट्रिय तेक्वान्दो सङ्घ नेपाल, कैलालीका जिल्ला अध्यक्ष दिनेशराज जोशी र कैलाली खेलकुद परिषद्का अध्यक्ष ललित खत्रीले खेलकुदले भोलिका कर्णधार युवाको बृतिविकासका साथै समाज र देशको प्रतिष्ठा उजागर गर्ने भएकाले खेलकुदलाई विद्यालय पाठ्यक्रमा समावेश गर्नुपर्ने बताए ।

प्रशिक्षक करन धामीले तेक्वान्दो खेल मात्रै नभएर आत्मरक्षाको कला र प्रतिभा भएकाले खेलाडी स्वयमको जीवन, उसको वरपरको समाज र राष्ट्रकै प्रतिष्ठा उजागर गर्ने बताए।