ग्यालेक्सी बिजनेस हाजिरीजबाफ प्रतियोगितामा ग्यालेक्सी माध्यामिक विद्यालय प्रथम

ग्यालेक्सी बिजनेस हाजिरीजबाफ प्रतियोगितामा ग्यालेक्सी माध्यामिक विद्यालय प्रथम

धनगढी । धनगढीको ग्यालेक्सी मल्टिपल कलेजले आयोजना गरेको ग्यालेक्सी बिजनेस हाजिरीजबाफ प्रतियोगितामा ग्यालेक्सी माध्यामिक विद्यालय प्रथम भएको छ । 

आज शनिबार धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा रहेको ग्यालेक्सी मल्टिपल कलेजमा सम्पन्न विद्यालय स्तरिय बिजनेस हाजिरीजबाफ प्रतियोगितामा ऐश्‍वर्य विद्या निकेतन द्धितीय र नास्ट कलेज तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । 

माध्यामिक तहका कक्षा ११ र १२ मा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई सहभागि गराइ आयोजना गरिएको बिजनेस हाजिरीजबाफ प्रतियोगितामा धनगढीका ७ वटा विद्यालयको सहभागिता रहेको थियो । 

सहभागि विद्यालयहरुमा ग्यालेक्सी माध्यामिक विद्यालय,नाष्ट माध्यामिक विद्यालय,धनगढी माध्यामिक विद्यालय, एलायन्स स्कुल,त्रिनगर माध्यामिक विद्यालय,ऐश्वर्य विद्या निकेतन र सुदूरपश्चिमाञ्चल एकेडेमी रहेका थिए  । 

ग्यालेक्सी बिजनेस हाजिरीजबाफ प्रतियोगिताको विजेता ग्यालेक्सी माध्यामिक विद्यालयले ७ हजार प्राप्त गरेको छ भने द्धितीय स्थान प्राप्त गर्न सफल नास्ट कलेजले ५ हजार र तृतीय ऐश्वर्य विद्या निकेतनले ३ हजार प्राप्त गरेको छ । 

विजेताहरूलाई ग्यालेक्सी माध्यामिक विद्यालयको वार्षिकोत्सवको कार्यक्रममा पुरस्कार हस्तान्तरण गरिने जनाइएको छ । व्यवस्थापन संकायका विद्यार्थीसँग सम्बन्धित बिजनेस हाजिरीजबाफमा विद्यार्थीले हासिल गरेको ज्ञानलाई परिक्षण र संस्थागत गर्न बिजनेस हाजिरीजबाफ प्रतियोगिता आयोजना गरिएको ग्यालेक्सी कलेजका रिसर्च हेड दिनेश पौडेलले बताए । 

ग्यालेक्सी बिजनेस हाजिरीजबाफ प्रतियोगितामा सहभागि विद्यार्थीहरुले फरक शैलीको प्रतियोगिता भएको बताएका छन् । उनीहरुले यस प्रतियोगितामा हार जित भन्दा पनि व्यावहारिक रुपमा धेरै ज्ञान सिकिएको र कसरी पढ्ने ?, के–के पढ्ने र केका लागि पढ्ने भन्ने बिषयमा धेरै कुरा सिकिएको बताए । 

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि वि.सं. २०७९ सालमा धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा स्थापना भएको ग्यालेक्सी मल्टिपल कलेजमा व्यवस्थापन संकायको बिबिएस कार्यक्रम संचालन भइरहेको छ । 

विद्यार्थीलाई शैक्षिक ज्ञानको साथै टेक्निकल सिपहरु सिकाउँदै बिबिएस कार्यक्रमलाई बिबिए मोडेलमा अध्यापन गराउने र विद्यार्थी पढिसकेपछि विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरि दक्ष बनाउने कलेजको उद्देश्य रहेको छ ।