धनगढी : नौ ग्राम लागु औषध ब्राउन सुगर सहित कैलालीबाट एक जना पक्राउ परेका छन् । मलद्धारमा लागु औषध ब्राउन सुगर लुकाएर ल्याउँदै गरेका धनगढी उपमहानगरपालिका २ का ३७ वर्षीय सन्देश न्यौपाने पक्राउ परेको कैलाली प्रहरीले जनाएको छ ।
भारतबाट लाुऔषध खरिद गरी नेपाल तर्फ ल्याउँदै गरेको भन्ने सूचनाका आधारमा त्रिनगर प्रहरी चेक पोस्टमा चेकजाँचको क्रममा उनलाई नियन्त्रणमा लिइएको कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरीले बताए ।
उनको साथमा रहेको से ५ प १२८५ नम्बरको मोटरसाइकल पनि निन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।