कुशल भुर्तेल २८ रन बनाएर आउट

कुशल भुर्तेल २८ रन बनाएर आउट

काठमाडौं ।  आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्डसविरुद्धको खेलमा नेपालका कुशल भुर्तेल २८ रन बनाएर आउट भएका छन् ।

२.५ ओभरमा उनलाई भिभियन जिलिङ किङ्गमले भुर्तेललाई क्याचआउट गराएका हुन् । जम्मा ११ बल खेलेका उनले ३ छक्का र २ चौकाको मद्दतमा २८ रन बनाएका हुन् ।

उनले बलिङतर्फ पनि ४ विकेट लिएका थिए । त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्डसले पहिले ब्याटिङ गर्दै नेपाललाई १३८ रनको लक्ष्य दिएको छ ।