शरीरमा रगतको कमी किन हुन्छ ?

शरीरमा रगतको कमी किन हुन्छ ?

एजेन्सी । रगतको कमी हुँदा शरीरमा सही तरिकाले अक्सीजन प्रवाह हुन सक्दैन । यसको पछाडि केही विशेष कारण हुने गर्छन् ।

जानौं शरीरमा रगतको कमी हुनुका कारण–

जब शरीरमा प्रर्याप्त मात्रामा राता रक्तकोषिकाको उत्पादन सही ढंगले हुन सक्दैन, तब रगतको कमी हुन थाल्छ । कहिलेकाँही कोषिकाको कम उत्पादन पनि समस्या हुन सक्छ ।

शरीरमा आइरनको कमी हुँदा एनीमिया हुने जोखिम हुन्छ । शरीरमा यसको कमी हुनाले रगतको कमी भएको भनिन्छ ।
फोलिक एसिडको कमीले पनि शरीरमा रगतको कमी हुन थाल्छ । यसले गर्दा शरीरमा पहेंलोपन आउने, कमजोरी र थकानको समस्या हुन सक्छ ।

शरीरमा भिटामिन बी १२ को कमी हुँदा प्लेटलेट्स काउन्ट घट्न थाल्छ । यो पनि शरीरमा रगतको कमी हुने कारण बन्न सक्छ । यसले राता रक्तकोषिका उत्पादनमा सहयोग गर्छ ।

रगत बढाउन अनार, गाजर, डेयरी प्रोडक्ट्स, शकरकण्ड, सीमी, सोयाबिन तथा अमिला फलको सेवन गर्नुपर्दछ ।