कञ्चनपुरमा जेसीबीले अटोरिक्सालाई ठक्कर दियोः दुई जनाको मृत्यु, चारजना घाइते

कञ्चनपुरमा जेसीबीले अटोरिक्सालाई ठक्कर दियोः दुई जनाको मृत्यु, चारजना घाइते

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा जेसीबीले अटोरिक्सालाई ठक्कर दिएको छ । उक्त दुर्घटनामा परेर अटोरिक्सामा रहेका दुईजनाको मृत्यु भएको डीएसपी ज्ञान विष्टले जानकारी दिए । 

भीमदत्त नगरपालिकाको महेन्द्रनगर–गड्डाचौकी सडकखण्डमा आज बिहान दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका चार जनामध्ये एकजनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए ।