जन्मदिनमा बिरामीलाई फलफूल वितरण

जन्मदिनमा बिरामीलाई फलफूल वितरण

धनगढी । धनगढीका एक युवाले आफ्नो जन्मदिनलाई सामाजिक कार्य गरी मनाएका छन् । 

लामो समयदेखि अपाङ्गता क्षेत्रमा काम गर्दै आएका मौसम भट्टले आफ्नो जन्मदिनको अवसरमा  फलफूल वितरण गरेर मनाएका छन् । उनले आफ्नो बुवाको हातबाट सेती प्रादेशिक अस्पतालको प्रसूति र इमर्जेन्सी वार्डमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरेर जन्मदिन मनाएका हुन् ।

उनी राष्ट्रिय साङ्केतिक भाषा दोभाषे संघ नेपालमा २०१६ देखि सदस्य हुँदै कार्यरत रही अहिले महासचिवको रूपमा कार्यरत छन् ।

ठुलो होटलमा अथवा फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरेर सानो सहयोग गरेको भट्टले बताए ।

समाज रूपान्तरणको सुरुवात आफैबाट गर्नुपर्ने उनको सुझाव छ । कार्यक्रममा उनका परिवार तथा स्वास्थ्यकर्मीहरुले साथ दिएका थिए ।