कञ्चनपुरमा विद्युतीय अपराध आरोपमा थप १ जना पक्राउ

कञ्चनपुरमा विद्युतीय अपराध आरोपमा थप १ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा विद्युतीय अपराधको आरोपमा थप एक जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–१७ का चन्द्रकान्त भट्ट (सिके) पक्राउ परेका हुन् ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत रहेका उनलाई बुधबार अनुसन्धानका लागि नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले बताएको छ । कञ्चनपुर प्रहरीले यसअघि ४ जनालाई विद्युतीय अपराधकै आरोपमा पक्राउ गरिसकेको छ ।

सोमबार प्रहरीले भीमदत्त नगरपालिक–१८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका–१६ का दशरथ धानुकलाई नियन्त्रणमा लिएको थियो । चन्द पूर्व प्रहरी हवल्दार हुन् । कञ्चनपुर प्रहरीले शनिवार पत्रकार ऐश्वर्य कुँवर र पुष्कर भट्टलाई समेत पक्राउ गरेको थियो ।