अवरुद्ध विद्युत् सुचारु गर्न ढिलाइ भएको भन्दै धनगढीका स्थानीय आन्दोलित

अवरुद्ध विद्युत् सुचारु गर्न ढिलाइ भएको भन्दै धनगढीका स्थानीय आन्दोलित

धनगढी : गत बिहिवारको हावाहुरीले अवरुद्ध विद्युत् सुचारु गर्न ढिलाइ भएको भन्दै धनगढीका स्थानीय आन्दोलित बनेका छन् । विद्युत् अवरुद्ध भएको १ साता बित्दा पनि सरोकारवाला पक्षले चासो नदिएको भन्दै धनगढी उपमहानगरपालिका २ का स्थानीयले बिहीबार वडा कार्यालय घेराउ र नेपाल विद्युत् प्राधिकरण धनगढी शाखामा धर्ना दिएका छन् ।

जेठको उखरमाउलो गर्मीमा विद्युत् नहुँदा निकै सास्ती भएको धनगढी २ उत्तरवेहडीकी कला कुँवरले बताइन । धनगढी उपमहानगरपालिकाका अन्य स्थानमा बिजुली पुगे पनि वडा नम्बर २ मा भने ढलेका पोल सम्म नठाइएको स्थानीयहरूले बताएका छन ।

स्थानीयहरू एकजुट भई पोल उठाएको एक साता बित्दा पनि विद्युत् प्रवाह नभएको स्थानीय भगवती शर्माले बताउनुभयो । अवरुद्ध विद्युत् सुचारुको लागी जनप्रतिनीहरुले कुनै पहल नगरेको भन्दै स्थानीयहरूले वडा कार्यालय घेराउ गरेका हुन् ।