धनगढी : ब्लड क्यान्सरबाट ज्यान गुमाएका डोटीका छ वर्षीय बालक रोशन साउँदको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
सामाजिक सञ्जाल समूह टीम धनगढी ग्यालरीले विभिन्न ठाउँबाट संकलन गरेको ५० हजार सात सय ४६ रुपैयाँ मृतक बालकका परिवारलाई सहयोग गरेको हो ।
संकलित रकम मृतक बालकका बुबा दिलबहादुरलाई हस्तान्तरण गरेको समूहका प्रबन्धक घनश्याम भण्डारीले जानकारी दिए । बालक साउँदको क्यान्सर अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो ।