कैलाली र कञ्चनपुरका हुरीपीडितलाई सरकारले एक लाख सहयोग गर्ने

कैलाली र कञ्चनपुरका हुरीपीडितलाई सरकारले एक लाख सहयोग गर्ने

कैलाली र कञ्चनपुरमा गतहप्ता वर्षासँगै आएको हुरीपीडितलाई सरकारले तत्काल राहत उपलब्ध गराउने भएको छ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा भएको छलफलले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

सरकारले मृतकका परिवारलाई विपद् व्यवस्थापन समितिबाट एक लाख राहत उपलब्ध गराउने, घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेश सरकारबाट मृतकका परिवारलाई एक लाख ५० हजार, घरपूर्ण क्षति भएका परिवारलाई २० हजार र घर आंशिक क्षति भएका परिवारलाई १० हजार दिने निर्णय भएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हावाहुरीले र्पुयाएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेकोले पूर्ण्विवरण प्राप्त भइसकेपछि थप राहत उपलब्ध गराउने जनाइएको छ। छलफलमा सांसद झपट बहादुर रावल, निरुदेवी पाल, नरबहादुर धामी, लक्ष्मी चौधरी, निरादेवी जैरु र विनादेवी बुढाथोकी लगायत थिए ।