जिरोनामाथि रियल म्याड्रिड ४-० ले विजयी

जिरोनामाथि रियल म्याड्रिड ४-० ले विजयी

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले जिरोनामाथि शानदार जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले जिरोनालाई ४-० गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा जुडे बेलिंगघमले २ गोल गरेका थिए भने भिनिसियस जुनियर र रोड्रीगोले एक एक गोल गरेका थिए।

यो जितपछि रियल म्याड्रिडले दोस्रो स्थानमा रहेको जिरोनामाथि स्पष्ट ५ अङ्कको अग्रता हासिल गरेको छ। रियलको २४ खेलमा ६१ अङ्क भएको छ भने जिरोनाको ५६ अङ्क रहेको छ।