मोटरसाइकल दुर्घटनामा वडा सदस्यको मृत्यु, अध्यक्ष गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा वडा सदस्यको मृत्यु, अध्यक्ष गम्भीर घाइते

बझाङ : बझाङमा जनप्रतिनिधि चढेको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । 

जयपृथ्वी नगरपालिका – ७ मा से १ ब ११७७ नम्बरको मोटरसाइलल पल्टिँदा वडाका सदस्य नरेश महरको ज्यान गएको हो । मोटरसाइकलमा पछाडी सवार वडाध्यक्ष हरिचन्द्र जोशी गम्भीर घाइते हुनुभएको छ ।

घाइते अध्यक्षलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ ल्याउने तयारी भैरहेको छ । महरको जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा ज्यान गएको हो ।