साउदीमा एक नेपालीलाई मृत्युदण्डको फैसला, साउदी राजाले मद्धत गरे जोगिन सक्ने

साउदीमा एक नेपालीलाई मृत्युदण्डको फैसला, साउदी राजाले मद्धत गरे जोगिन सक्ने

साउदी अरेबियाको अदालतले हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका एक नेपालीको बारेमा त्यहाँको पुनरावेदन अदालतले पनि तल्लो अदालतकै आदेशलाई सदर गरेको छ । उदयपुरका विवेक दाहाल हत्याको आरोपमा विगत बाह्र वर्षदेखि साउदी जेलमा रहँदै आएका थिए । उनलाई आफ्नै नाता पर्ने मोरङका राजेन्द्र बिष्टलाई सुतिरहेको अवस्थामा हत्या गरेको अभियोग लागेको थियो । उक्त घटना सन् २००७को फेब्रुवरी २ को हो ।

साउदी अरेबियास्थित नेपाली दूतावासले पीडित परिवारलाई ब्लडमनी दिने व्यवस्थाको माग गर्दै साउदी अदालतमा निवेदन दिएको भएपनि सो निवेदन अदालतबाट बहुमतले अस्वीकार गरिएको जनाइएको छ । तीन जनाको इजलासमा एक जना न्यायाधीशले स्वीकार गर्नुपर्ने जनाएपनि बाँकी दुईले अस्वीकार गरेका थिए । 

सो सम्बन्धमा साउदी अरेबियाको सर्बोच्च अदालतमा नेपाली दूतावासले निवेदन दिएको जनाइएको छ । दाहाललाई माफी दिन आग्रह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र अहिले साउदी अरेबियाको विदेशमन्त्रालयमा पठाइएको जनाइएको छ । साउदी अरेबियाका राजाले सोही पत्रका आधारमा दाहाललाई माफी दिन सक्ने भएपनि के हुन्छ यसै भन्न नसकिने नेपाली दूतावासका एक अधिकारीले  बताएका छन् ।