बेहडाबाबा मन्दिरमा भारतीय नागरिकको भिड

बेहडाबाबा मन्दिरमा भारतीय नागरिकको भिड

धनगढी । छोटेलाल राजवंशी प्रत्येक वर्ष झैँ यस वर्ष पनि बेहडाबाबा मन्दिरमा दर्शनका लागि पुगेका छन् । भारतको लख्खीमपुर खीरीबाट उनी दर्शनका लागि बुुधबार नै यहाँ पुगेका हुन् । कैलालीको धनगढी उपमहानगरपालिका १६मा रहेको बेहडाबाबा मन्दिरको दर्शन गर्न यहाँ हजारौँ दर्श नार्थी पुगेका छन् ।

यहाँ आएर मनोकांक्षा पुरा हुन्छ भन्ने विश्वास उनीहरूको रहेको छ । प्रत्येक वर्ष झैँ माघमा लाग्ने अम्बोस आर्थत औशीमा यहाँ भारतबाट हजारौँ दर्शनार्थीहरु पुग्ने गरेका छन् । यस वर्ष माघ २६ गते शुक्रवार औशी परेको छ ।

बेहडाबाबा मन्दिरको दर्शनले मनमा शान्ति एवम् इच्छाएको कुरा पुग्ने हुँदा खेरी पनि यहाँ प्रत्येक वर्ष पुग्ने गरेको छोटे लाल बताउँछन् । उनी मात्रै होइन यहाँ भारतका विभिन्न क्षेत्रबाट दर्श नार्थी भक्तजनहरू आउने गरेका छन् । ‘मन्दिर व्यवस्थापन राम्रो छ, उनले भने चोरी डकैतीको पनि डर छैन खाने र बस्नेको व्यवस्था पनि राम्रो छ ।,” हामीलाई यहाँ आएर दर्शन गर्न पाउँदा खुसी लागेको छ ।

भारतको लख्खीमपुरबाट आएका वेदराम राजवंशी पनि यहाँ मेला हेर्न आइपुगेका छन् । उनले सबै आउन थालेपछि आफू पनि पहिलो पटक यहाँ दर्शका लागि पुगेको बताए । यहाँ माघमा लाग्ने यस मेलामा दर्शन गर्नाले मनको इच्छा पुरा हुने विस्वास गरे । ''म पहिलो पटक यहाँ आएको हुँ, मलाई एकदमै राम्रो लागेको छ । '' यस प्रकारको मेला यहाँ माघ र चैतमा गरी २ पटक लाग्ने गर्दछ । मेला हेर्नलाई भारतको पलियाबाट जुगन्तादेबि पनि साथीहरू आएपछि पहिलो पटक बेहडा बाबा दर्शनको लागि आएको बताउँछिन् । उनले उहाँ पहिलो पटक आएर दर्शन गर्न पाउँदा एकदमै राम्रो लागेको बताइन् । उनले यहाँ साथिहरुसंग बताइन् । यहाँ आएर दर्शन गर्दा मनोआकांक्षा पुरा हुनुका साथै घरपरिलाई पनि राम्रो हुने विस्वास रहेको उनको भनाई छ । बसको यात्रा गरेर यहाँ सम्म आएको उनले बताइन् । यहाँका आएका दर्शनार्थीहरु चिसोबाट जोगिन दाउरा, पराल खोजेर बसेका छन् । यस मेलामा यहाँ नेपाली भन्दाबढी भारतीय नागरिक रहेका छन् । 

बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिका अध्यक्ष पदमराज जोशीले यस वर्ष औशी मेला शुक्रबार रहेको बताए । उनले भारतबाट करिब २५ देखि ३० हजारको हाराहारीमा दर्श नार्थी पुगिसकेको बताए । कतिपय अझै आउँदै गरेको उनले बताए । यस दिन दर्शन गर्नाले आफूले गरेका पाप काटिने विश्वास भक्तजनको रहेको उनले बताए । ‘यहाँ आउँने भक्तजनका लागि खाना र बासको व्यवस्था गरेका छौ, उनले भने हामीले सबै व्यवस्था राम्रो गरेका छौँ ।,’ भक्तजनका लागि बिहान ४ बजे नै मन्दिरका ४ ओटै ढोका खोल्ने उनले बताए । यो पर्व विशेष गरेर भारतीयहरूले मनाउने गरेको उनको भनाई छ । 

चैत र माघमा अम्बोस भनेर २ पटक यहाँ मेला लाग्ने उनले बताए । यहाँ भारतको लख्खीमपुर, पलिया, खिरी,पिलीभित युपी, उत्तराखण्ड लगायतका क्षेत्रबाट भक्तजन आउने गरेको उनले बताए । यहाँ महिला, पुरुष, वृद्ध, बालबालिका लगायत सबै उमेरका यहाँ पुग्ने गरेका छन् ।