दार्चुलाबाट ४ क्विन्टलबढी जडीबुटीसहित एकजना पक्राउ

दार्चुलाबाट ४ क्विन्टलबढी जडीबुटीसहित एकजना पक्राउ

दार्चुला । दार्चुलामा जडीबुटी बरामद गरिएको छ। जिल्लाको मार्मा गाउँपालिका २ लटिनाथ स्थित चेक प्वाईन्टबाट अवैध रुपमा ल्याईरहेको ४ क्विन्टल ६२ किलो जडीबुटी पासणभेद मंगलवार साँझ प्रहरीले बरामद गरेको हो।

ईलाका प्रहरी कार्यालय लटिनाथ दार्चुलाबाट खटिएको प्रहरी टोलीले मार्मा गाउँपालिका-५ मुरैबाट लटिनाथ तर्फ आउदै गरेको म १ च ६८४ नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्ने क्रममा उक्त जडिबुटी फेला पारी नियन्त्रणमा लिएको बताएको छ। 

उक्त जडिबुटीसहित जिप र जिप चालक मार्मा गाउँपालिका-४ का ३२ वर्षीय दिनेश बिष्टलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।