भालुको आक्रमण बाट अछाममा एकजना घाइते

भालुको आक्रमण बाट अछाममा एकजना घाइते

अछाम : भालुको आक्रमण बाट अछाममा एकजना घाइते भएका छन् । अछामको साफेबगर नगरपालिका वडा नम्बर १३ बाब्ला निवासी ६१ बर्षिय धुलु सुनार भालुको आक्रमण बाट घाइते भएका हुन ।

आज बिहान बाब्लाको ओला जाने क्रममा गोडा खोला भन्ने जङ्गलमा भालुले आक्रमण गरेको थियोे । भौगोलिक रूपमा बिकटका साथै घना जङ्गल भएकोले घाइतेलाई घटना स्थल बाट दुई घण्टाको बाटो हिडेर बाब्ला पुर्याइएको थियो ।

घाइते सुनारको अनुहारमा गहिरो चोट लागेको छ । सुनारको अहिले बयालपाट अस्पतालमा उपचार भइरहेको छ ।