विवाहित पुरुषले फर्टिलिटी बढाउन यस्ता चिज खानुहोस्

विवाहित पुरुषले फर्टिलिटी बढाउन यस्ता चिज खानुहोस्

एजेन्सी । पुरुषमा बाँझोपनको समस्या बढिरहेको छ । त्यसैले पुरुषले आफ्नो फर्टिलिटी बढाउन केही खानेकुरा सेवन गर्न सक्छन् ।

आज हामीले पुरुषको फर्टिलिटी बढाउन तथा स्पर्मको क्वालिटी सुधार्ने केही खानेकुरा बारे बताउनेछौं ।

ओखर

पुरुषको फर्टिलिटी बढाउन ओखर एकदमै राम्रो विकल्प हो । ओखरमा ओमेगा ३ फ्याटी एसिड पाइन्छ जसले पुरुषको स्पर्म काउन्ट बढाउने र क्वालिटी पनि सुधार्ने काम गर्छ ।

टमाटर

टमाटरको सहयोगले पनि पुरुषले आफ्नो स्पर्म काउन्ट बढाउन सक्छन् । यसमा लाइकोपीन नामक कम्पाउन्ड पाइन्छ जसले पुरुषको स्पर्म काउन्ट र क्वालिटी सुधार्ने काम गर्छ ।

अनारको जुस

फर्टिलिटी बढाउन अनारको जुस नियमित सेवन गर्न सकिन्छ । यसमा एन्टीअक्सीडेन्ट्स गुण राम्रो मात्रामा पाइन्छ । जसले स्मर्पको क्वालिटी पनि सुधार्ने काम गर्छ ।

फर्सीको बीज

फर्सीको बीज पनि स्वास्थ्यका लागि एकदमै राम्रो हुन्छ । यसको बीजले फर्टिलिटी बढाउन सहयोग गर्छ । फर्सीका बीजमा जिंक र ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यी दुवै तत्वले स्पर्मको क्वालिटीलाई सुधार्न सहयोग गर्छन् ।

माछा

माछामा भरपूर मात्रामा ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यो खानाले स्पर्म बढ्छन् र यिनीहरुको क्वालिटीमा पनि सुधार आउँछ ।