सोयाबिनको तरकारी खाँदाका फाइदा

सोयाबिनको तरकारी खाँदाका फाइदा

एजेन्सी । सोयाबिनको तरकारी स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । सोयाबिनमा पाइने भिटामिन तथा मिनरल्सले शरीरलाई स्वस्थ राख्ने काम गर्छ । यसबाट पाइने फाइदाका बारेमा जान्नुभयो भने तपाईं पनि सोयाबिनको तरकारी खान थाल्नुहुनेछ ।

सोयाबिनमा भिटामिन डी, जिंक, क्याल्सियम, फोलेट, भिटामिन बी जस्ता पोषक तत्वहरु पाइन्छन् । सोयाबिनमा क्याल्सियम, म्याग्नेशियम र फस्फोरस पनि पाइन्छ जसले हड्डीलाई बलियो बनाउन सहयोग गर्छ । यसलाई नियमित खाने गरेमा आस्टियोपोरोसिसको समस्या पनि कम हुन्छ ।

सोयाबिनको तरकारी मुटुका लागि पनि फाइदाजनक मानिन्छ । यसमा ओमेगा ३ फ्याटी एसिड र पोलीअनस्याचुरेटेड फ्याट पाइन्छ जसले शरीरमा भएको खराब कोलेस्ट्रोललाई कम गर्न सहयोग गर्छ । त्यसैले यसलाई मुटुका रोगीहरुले पनि खान सक्छन् ।

रगतमा सुगरको मात्रालाई नियन्त्रित राख्नका लागि पनि सोयाबिनको तरकारी खानुहोस् । सोयाबिनमा फाइबर पाइन्छ जसले रगतमा सुगरको मात्रालाई स्थिर बनाइराख्छ जसले गर्दा घटबढ हुन दिँदैन ।

सोयाबिनको तरकारीले तौल कम गर्न पनि सहयोग गर्छ । यसमा पाइने पोषक तत्वहरुले पेटको बोसोलाई तीव्र गतिमा कम गर्न सहयोग गर्छ ।

सोयाबिनको तरकारीले पेटको पाचन प्रणालीलाई पनि राम्रो बनाउँछ । सोयाबिनमा फाइबर पाइन्छ जसले गर्दा ग्यास, अपच, एसिडिटी जस्ता समस्याहरु कम हुन्छ ।