पश्चिम नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

पश्चिम नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

नवलपरासी । पश्चिम नवलपरासीमा अज्ञात समूहको गोली प्रहारबाट एक व्यवसायी घाइते भएका छन्  । 

बर्दघाट नगरपालिका १६ केराबारी नजिकै  अज्ञात समूहले गोली प्रहार गर्दा ६५ वर्षका गजेन्द्र विश्वकर्मा घाइते भएको प्रहरीले जनाएको छ । 

सुस्ता गाउँपालिका-१ बरुवामा सुनचाँदी पसल गर्ने विश्वकर्मालाई घर फर्कने क्रममा शनिबार राति गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रेसम बोहराले जानकारी दिए । 

पाखुरामा गोली लागेर घाइते भएका विश्वकर्मालाई तत्काल चिसापानी अस्पताल बर्दघाट लगिए पनि उपचार सम्भव नभएपछि बुटवलस्थित तिनाउ अस्पताल रिफर गरिएको थियो । 

गोली लागेको र गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको डिएसपी बोहराले बताए । घाइते विश्वकर्माले प्रयोग गर्ने स्कुटरसमेत गोली प्रहार गर्ने समूहले लिएर फरार भएका छन् ।