जाडोमा जाइफल खाँदा हुन्छन् यस्ता फाइदा

जाडोमा जाइफल खाँदा हुन्छन् यस्ता फाइदा

एजेन्सी । जाइफललाई तरकारीहरुमा मसलाका रुपमा प्रयोग गरिन्छ । यसबाहेक जाडोमा जाइफललाई आफ्नो खानपानमा सामेल गर्दा एकदमै धेरै स्वास्थ्य लाभहरु पाउन सकिन्छ । जानौं जाडोमा जाइफल खानुका फाइदाहरुका बारेमा–

जाइफलको सेवन गर्नाले अनिद्राको समस्याबाट राहत पाउन सकिन्छ । जसले गर्दा राम्रो तथा भरपूर निद्रा लाग्छ । यसका लागि रातमा सुत्नुअघि एक चिम्टी जाइफलको पाउडरलाई एक गिलास दुधमा मिसाएर पिउन सकिन्छ ।

जाइफलको सेवन गर्नाले यसमा भएका भिटामिन, मिनरल्स तथा एन्टीअक्सीडेन्ट्सले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । जसले गर्दा मौसमी विमारीहरुबाट बच्न सकिन्छ ।

जाडोमा जाइफलको सेवन गर्नाले रक्तसञ्चार राम्रो हुन्छ । साथमा रक्तसञ्चार तथा कोलेस्ट्रोल पनि नियन्त्रित रहन्छ । यसले मुटुसम्बन्धी समस्याहरुको खतरा कम हुन्छ । यसलाई दलिया तथा खिचडीहरुमा मिसाएर पनि खान सकिन्छ ।

जाइफलमा हुने पोषक तत्व तथा एन्टीइन्फ्लामेटरी गुणले सुन्निएको कम गर्छ र जोर्नी तथा मांसपेशीहरुको दुखाई पनि कम हुन्छ । यसका लागि तपाईं जाइफलको तेल पनि प्रयोग गर्न सक्नुहुन्छ । यसको तेलले दुखेको ठाउँमा मालिस गर्दा दुखाईबाट राहत पाइन्छ ।

जाडोमा जाइफलको सेवन गरेर रुघाखोकी तथा टाउको दुख्ने समस्याबाट पनि राहत पाउन सकिन्छ । चिसोले भएको रुघाखोकी र टाउको दुखाईमा जाइफलले औषधी जसरी काम गर्छ ।

जाइफलमा हुने पोषक तत्वहरुले दिमागलाई पनि तेजिलो तथा स्मरण शक्ति बढाउने काम गर्छ । यसबाहेक जाइफलले तनाव कम गर्न पनि एकदमै राम्रो काम गर्छ ।