विशेष

शिखर धवन तीन हप्ता खेल्न नसक्ने, भारतलाई ठूलो धक्का

एजेन्सी    

शिखर धवन तीन हप्ता खेल्न नसक्ने, भारतलाई ठूलो धक्का

अष्ट्रेलिया विरुद्ध शतक प्रहार गरेका भारतीय क्रिकेटर शिखर धवन कम्तिमा पनि तीन हप्ताको लागि विश्वकपबाट बाहिरिएका छन् ।

विश्वकप २०१९ अन्तर्गत गत आइतबार ओभल मैदानमा अष्ट्रेलिया विरुद्ध ब्याटिङ गर्दा उनको बाँया हातको बुढि औंलामा चोट लागेको थियो । ब्याटिङ गर्ने क्रममा बलले लागेका उनले दुखाइको बिचमा पनि खेल जारी राखेका थिए । 

भारतलाई जिताउन १ सय १७ रन बनाएका उनको खेलपछि औंलाको एक्स रे गरी हेर्दा भाँचिएको भेटिएको थियो । उक्त खेलमा उनी प्लेयर अफ द म्याच चुनिएका थिए । 

धवनले तीन हप्ता खेल्न नसक्ने भएपछि, न्यूजिल्याण्ड, पाकिस्तान, अफगानिस्तान, वेष्ट इन्डीज र इंग्ल्याण्ड विरुद्धको खेल गुमाउने भएका छन् । चोटबाट फर्किएमा उनले त्यस पश्चातको खेल भने खेल्न सक्नेछन् । 

आईसीसीको प्रतियोगितामा धवनले कुल ६ शतक प्रहार गरेका छन् । फर्ममा रहेका उनको अनुपस्थितीले भारतलाई अप्ठेरो पर्ने विश्लेषण गरिएको   छ । विश्वकप जित्ने भारतको अभियानमा धवनको चोटलाई ठुलो धक्का मानिएको छ । 

उनी टोलीमा नभएपछि रोहित शर्मासँग, केल राहुलले ओपनिङ गर्ने बताइएको छ । त्यस्तै उनको स्थानमा रिसभ पन्तलाई टोलीमा ल्याउन सक्ने बताइन्छ । 



बुधबार २९, जेठ २०७६ ११:०५ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस