कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्ला कृष्णपुर नगरपालिका ७ कलुवापुरबाट ० ८१ ग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाँउ बस्ने १९ वर्षीय नसिब राना र २२ वर्षीय बिजय रानालाई बिहीबार दिउँसो पक्राउ परेका हुन्।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरी टोलीले खान तलासी गर्दा नसिब रानाको घरबाट खैरो हेरोईन फेला पारेको हो । 

दुबै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।