रातमा स्याउ किन नखाने, कारण जान्नुहोस् !

रातमा स्याउ किन नखाने, कारण जान्नुहोस् !

एजेन्सी । स्याउ एउटा त्यस्तो फल हो जो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । दैनिक एउटा स्याउ खाँदा रोग टाढा भाग्छन् ।

तर, यसलाई पनि सही समयमा खाँदा  धेरै फाइदा पाउन सकिन्छ । रातको समयमा स्याउ खानु हानिकारक पनि हुन सक्छ । यसबारेमा जानौं–

स्याउमा मिनरल, आइरन, भिटामिन र फाइबर जस्ता गुण पाइन्छन् । यो एकदमै धेरै पौष्टिक हुन्छ । साथमा यसको बोक्रामा पनि धेरै गुण पाइन्छ । यसले शरीरलाई ऊर्जा पनि दिन्छ ।

स्याउमा आइरनको मात्रा धेरै हुन्छ जसले गर्दा दाँत र हड्डीका लागि एकदमै फाइदाजनक हुन्छ ।

स्याउलाई खाने सही समय भनेको दिउँसो हो । यो समयमा स्याउ खाँदा सबैभन्दा धेरै फाइदा पाउन सकिन्छ । यसबाहेक तपाईं बिहान खाली पेटमा पनि खान सक्नुहुन्छ ।

कब्ज्यितको समस्या छ भने बिहान तातो दुधसँग एउटा स्याउको सेवन गर्नुहोस् । यसो गर्नाले तपाईंलाई धेरै फाइदा हुन्छ र पेट पनि सफा हुन्छ ।

रातको समयमा स्याउ नखानु उपयुक्त हुन्छ । किनकी यसमा हुने क्याफिनको मात्राले निद्रा कम गर्छ । यही कारणले रातको समयमा स्याउ खानु हुँदैन ।

रातको समयमा स्याउ खाँदा एसिडिटीको समस्या पनि हुन सक्छ । यसमा फाइबरको मात्रा धेरै हुन्छ जसले पेटमा अपचको समस्या पनि ल्याउन सक्छ ।

केही फलहरु यस्ता हुन्छन् जसलाई सूर्य अस्ताउन भन्दा पहिले नै खाने सल्लाह दिइन्छ । जस्तै सुन्तला, स्याउ तथा मौसम जस्ता फल सूर्य अस्ताएपछि नखाने भनिन्छ ।