नेपाल भारतको सिमानाकाबाट हुने भन्सार चोरी तस्करी रोक्न डिआइजी केशीको निर्देशन

नेपाल भारतको सिमानाकाबाट हुने भन्सार चोरी तस्करी रोक्न डिआइजी केशीको निर्देशन

बुधवार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,कैलालीमा एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ले प्रदेश अन्तर्गत कैलाली र कञ्चनपुर जिल्ला स्थित सिमानाकामा रहेका प्रहरी युनिट ईन्चार्जहरुलाई आवश्यक निर्देशन दिएका छन् । 
 उनले बर्तमान शान्ति सुरक्षाको अवस्थाको बारेमा जानकारी लिदै, आगामी दिनमा आईपर्न सक्नेसुरक्षा चुनौती एवं समाधानका विषयहरुमा निर्देशन दिनु भयो । निर्देशन सम्बोधनको क्रममा उनले  नेपाल भारतको सिमानाकाबाट हुने भन्सार चोरी तस्करी तथा सिमानाकामा हुने अपराधिक गतिबिधीका बिरुद्ध कडाईका साथ प्रस्तुत भई काम गर्ने, लागू औषधको ओसार पसार,बिक्री बितरणमा कडाईका साथ चेकजाँच गरि नियन्त्रण गर्ने,सवारीदुर्घटना नियन्त्रणका लागि नियमित रुपमा चेकजाँच गर्ने,फरार अपराधीहरूको खोजी,सामाजिक अपराधहरु रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी ढंगले प्रस्तुतहुने गरी नागरीक र प्रहरी बिच सुमधुर सम्बन्ध स्थापित गरी नागरीक मैत्री सेवा प्रवाह चुस्त दुरुस्त बनाई गैह्र व्यवसायिक र प्रहरी आचरण विपरितका कुनै पनि गतिविधीमा संलग्न नभई अनुशासनमा रही उच्च मनोवलका साथ त्रुटीरहित ढंगबाट प्रभावकारी सेवा प्रवाह गर्नुका साथै अवैध कारोवारलाई नियन्त्रण गर्न सूचना संकलन एवं विश्लेषण गरी प्रभावकारी चेकजाँच गर्ने तथा आमजनमानसमा प्रहरी प्रतिको छवि अझ राम्रो पार्नको लागि सृजनात्मक कार्यहरु गर्ने लगायतका सम–सामयिक विषयहरुमा आवश्यक निर्देशन समेत दिए ।

 उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथाट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलाली,सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली,कञ्चनपुर तथा मातहत प्रहरी युनिटहरुमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।