कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ IBRD स्थित वडा नम्बर १ बस्ने ३२ वर्षीय राधेश्याम रानाको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । राना विद्युतको पोलमा गई तार तान्ने काम गरिरहेको अवस्थामा एक्कासी करेन्ट लागि पोलबाट खस्न गई गम्भिर घाईते हुनु भएको थियो । उनलाई उपचारको लागी तत्काल मायामेट्रो अस्पताल धनगढी ल्याइएकोमा रानाको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिहरेको छ ।