धनगढीमा सात दिने चैतन्य स्टीम वर्कसप २०८० मंगलवारदेखि सुरु

धनगढीमा सात दिने चैतन्य स्टीम वर्कसप २०८० मंगलवारदेखि सुरु

 कैलालीको धनगढीमा चैतन्य स्टीम वर्कसप २०८० मंगलवारदेखि सुरु भएको छ । कैलालीको धनगगढी उपमहानगरपालिका वडा नम्बर ५ शिवनगरमा रहेको चैतन्य पाठशालाको आयोजनामा सो वर्कसप सुरु भएको हो । मंगलवार एक कार्यक्रमको आयोजना गरी वर्कशप सुरु भएको हो । 
 चैतन्य पाठशालाका व्यवस्थापन समिति अध्यक्ष गणेश प्रसाद जोशीको सभापत्तिवमा सुरु भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सुुदुरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिंह धामी रहेका थिए । साथै विशिष्ट अतिथिमा सुदुरपश्चिम विश्वविद्यालयका प्राध्यापक सीताराम भट्ट रहेका थिए । यस्तै धनगढीमा रहेका विभिन्न विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । वर्कसपको उद्येश्यका बारेमा जानकारी दिदै कार्यक्रमका सभापति एवम् चैतन्य पाठशालाका व्यवस्थापन समिति अध्यक्ष गणेश प्रसाद जोशीले विद्यार्थीहरुलाई विज्ञान र प्रविधि सम्बन्धी जानकारीसंगै प्रयोगात्मक रुपमा सिकाउने उद्येश्यले यो स्टीम वर्कसप सुरु गरिएको बताए ।

चैतन्य पाठशालाले विद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै नभई विज्ञान र प्रविधिमैत्री शिक्षा दिने उदेश्य राखेको र सो उद्येश्य परिपुर्ति गर्ने एउटा प्रयास सो स्टीम वर्कसप भएको उनले बताए । 
 सो वर्कसपमा धनगढीमा रहेका विभिन्न विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका छन् । ७ दिनसम्म सञ्चालन हुने उक्त वर्कसपमा विज्ञान र प्रविधिसंग सम्बन्धित विषयका बारेमा विद्यार्थीहरुलाई ज्ञान, सीप प्रदान गरिने छ । सो वर्कसपमा फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजीमा कार्यरत धीरेन्द्र चन्द्र सोडारी, सुशील देव भट्राई, ऐलन बराल, दिवश खनाल, पावन प्रसाद भटट्ले प्रशिक्षण दिने छन् । 
 वर्कसपको उद्धघाटन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै सुुदुरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले सुदुरपश्चिम प्रदेश सरकारले शिक्षालाई प्रविधिमैत्री बनाउनका लागि सरोकारवालासंग समन्वय गर्न तयार रहेको बताए ।

सुदुरपश्चिम प्रदेशलाई विज्ञान र प्रविधिमा अगाडि बढाउनका लागि सरोकारवालासंग हातेमालो गर्न प्रदेश सरकार तयार रहेको उनले बताए । विज्ञान र प्रविधिसंग सम्बन्धित विषयहरु पनि आफ्नो मन्त्रालयको मातहत नै पर्ने बताउदै मन्त्री धामीले आफु सदैव शिक्षालाई प्रविधि मैत्री बनाउनु पर्छ भन्नेमा नै रहेको बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले रट्ने अनि रटाउने शिक्षा भन्दा व्यवहारिक र वैज्ञानिक शिक्षा दिनका लागि सबै सरोकारवालाहरुले लाग्नु पर्नेमा जोड दिएका थिए । मंगलवार माघ १६ गतेदेखि सुरु भएको चैतन्य चैतन्य स्टीम वर्कसप २०८० माघ २२ गतेसम्म सञ्चालन हुनेछ ।