विशेष

कैलाली कञ्चनपुरमा फेरि आँधीबेहरी

धनगढी खबर    

कैलाली कञ्चनपुरमा फेरि आँधीबेहरी

धनगढी : कैलाली र कञ्चनपुर जिल्लामा बुधबार बिहानदेखि फेरि आँधीबेहरी सुरु भएको छ ।

बिहानैदेखि अचानक आँधीबेहरीसँगै वर्षा सुरु भएपछि जनजीवन प्रभावित भएको कैलालीका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए ।

यस अघि गत बिहीबार साँझको भीषण हावाहुरीका कारण कैलालीमा दुईजनाको मृत्यु भएको थियो भने सय भन्दा धेरै घाइते भएका थिए ।

बिहीबारको हुरीका कारण घरबारबिहिन भएकाहरु फेरि हुरी चलेपछि बिचल्लीमा परेका छन् । कैलालीका हुरी पीडितहरुले राहत पाउन सकेका छैनन् ।



बुधबार २९, जेठ २०७६ ०८:०३ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस