जाडोमा मुला सेवनका फाइदा जान्नुहोस !

जाडोमा मुला सेवनका फाइदा जान्नुहोस !

एजेन्सी । जाडोमा मुलाको सेवनले शरीरमा धेरै नै फाइदाहरु हुन्छन् । हामी सबैलाई थाहा छ मुला पाचन सम्बन्धी समस्याका लागि एकदमै राम्रो विकल्प हो । यसरी नै यदी तपाईं खाली पेट मुला खानुहुन्छ भने पनि शरीरमा धेरै फाइदाहरु हुन सक्छन् ।

मुलालाई जाडो मौसमको सुपरफुड भनिन्छ । यसमा प्रोटिन, भिटामिन ए, बी, सी, आइरन, आयोडिन, क्याल्सियम, सोडियम, म्याग्नेशियम, फस्फोरस आदि राम्रो मात्रामा पाइन्छ । अब जानौं यसलाई खाली खाँदा हुने फाइदाका बारेमा–

जाडोमा हुने विभिन्न प्रकारका संक्रामक रोगहरुबाट बचाउनका लागि मुलाले राम्रो काम गर्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ जसले गर्दा मौसमी संक्रमणबाट जोगिन सकिन्छ ।

मुला पाचनसँग जोडिएका समस्याका लागि त रामवाण नै सावित हुन्छ । मुलामा राम्रो मात्रामा फाइबर हुने भएकाले पाचन प्रणालीलाई एकदमै तन्दुरुस्त बनाउँछ ।

जाडोमा मुलाको सेवन छालाका लागि पनि राम्रो मानिन्छ । यसले हाम्रो छालामा हुने रुखोपनबाट जोगाउँछ ।
यदी तपाईंलाई मधुमेहको समस्या छ भने पनि मुला खानु एकदमै फाइदाजनक हुन्छ । यसलाई खाँदा सुगरको मात्रा नियन्त्रित रहन्छ ।

मुलामा एंथोसायनिन नामक कम्पाउन्ड पाइन्छ यसले मुटुलाई स्वस्थ राख्ने काम गर्छ । मुटुसँग जोडिएका विमारीहरुका लागि पनि मुलाको सेवन फाइदाजनक हुन्छ ।

त्यस्तै उच्च रक्तचाप भएका व्यक्तिले पनि मुलाको सेवन गर्न सक्छन् । यसले रक्तचाप नियन्त्रणमा राम्रो काम गर्छ । यो सलाद, तरकारी आदिको रुपमा खान सकिन्छ । कहिलेकाँही अत्यधिक मात्रामा मुलाको सेवनले पेट फुल्ने समस्या पनि हुन सक्छ । त्यसैले नियमित रुपमा सीमित मात्रामा मुलाको सेवन एकदमै फाइदाजनक हुन्छ ।