धनगढी बिसालनगरको नेतुवा तालका नाममा व्यक्तिको घरमा ग्राभेलिङ्ग

धनगढी बिसालनगरको नेतुवा तालका नाममा व्यक्तिको घरमा ग्राभेलिङ्ग

धनगढी । कैलालीको धनगढी उपमहानरपालिका वडा नम्बर ३ विशालनगर नेतुवा ताल क्षेत्रमा ग्राभेलिङ्गका लागि भनि पठाइएको टिप्परले व्यक्तिको घर जाने बाटो बनाउनमा प्रयोग भएको पाइएको छ ।

उपमहानगरपालिकाले नेतुवा ताल क्षेत्रमा वडा कार्यालय हुदै ग्राभेलिङ्गका लागि बजेट छुट्याएको भएपनि त्यहाँ आवश्यकता अनुसार भन्दा पनि व्यक्तिको घर जाने बाटो बनाउने काम भएको पाइएको हो ।

‘जुन ठाउमा आवश्यक छ । त्यहा ग्राभेलिङ्ग हालिएन’ धनगढी उपमहानरपालिका वडा नम्बर ३ विशालनगर नेतुवा ताल क्षेत्रका एक जना स्थानियले भने –‘जथाभाबी रुपमा मनोमानि तरिकाले व्यक्तिको घर जाने बाटो ग्राभेलिङ्ग गर्ने कार्य भएको छ ।’

उनले आफुले यस बारेमा जनप्रतिनिधीहरुलाई बुझ्दा आवश्यकता अनुसार ग्राभेलिङ्ग गर्न सकिने प्रावधान रहेको भनेर आफुलाई भनिएको भएपनि ग्राभेलिङ्ग आवश्यकता अनुसार नभई लापरबाहि ढंगले हालिएको बताए। उनले ग्राभेलिङ्ग सही तरिकाले भई रहेको छ छैन् भनेर बुझ्नका लागि वडा सदस्यलाई खटाइएको तर वडा सदस्यले पनि पक्षपात ढंगले अनुगमन गरेको बताए। 

कैलालीको धनगढी उपमहानरपालिका वडा नम्बर ३ विशालनगर नेतुवा ताल क्षेत्र डुबान हुने क्षेत्र हो । सो क्षेत्रमा सडकको आवश्यकता अनुसार ग्राभेलिङ्ग गरि दिनु पर्ने स्थानीयले माग गरेका छन् । 

जनताको दैनिक जीवनमा आवश्यक पर्ने सडक जस्तो आवश्यक क्षेत्रमा पनि भेदभावपुर्ण तरिकाले ग्राभेलिङ्ग गरिनु दुखद भएको भन्दै स्थानीयहरुले यस्ता कार्यहरु नदोहो्याउन र तत्काल आवश्यक सबै क्षेत्रमा ग्राभेलिङ्ग गर्न माग गरेका हुन् ।