काँडेतारको च्यारिटी शो एसटिएस सिनेमा हलमा, सहिद गौतमको परिवारलाई सहयोग गरिने

काँडेतारको च्यारिटी शो एसटिएस सिनेमा हलमा, सहिद गौतमको परिवारलाई सहयोग गरिने

धनगढी । चलचित्र काँडेतारको च्यारिटी शो धनगढीमा रहेको एसटिएस सिनेमा हलमा हुने भएको छ । यहि माघ २० गते धनगढीमा काँडेतार चलचित्रको च्यारिटी शो हुने भएको हो । 

सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि कांडेतार टिमले सो कुराको जानकारी दिएको हो । निर्माता/निर्देशनक नबल खड्काले सिनेमाको कथा रास्ट्रभक्ती रहेको बताए । 

सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ धनगढीमा चलचित्र काँडेतारको ‘च्यारिटी सो’ हुने भएको हो ।गौतमको २०७३ फागुन २६ गते स्थानीय कारगिल डाँडा नजिकै कल्भर्ट निर्माणका क्रममा भएको विवादपछि भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’को गोली लागेर उनको ज्यान गएको थियो ।

चलचित्रले नेपालको माटो र सिमाना जोगाउनुपर्छ भन्ने सन्देश दिएको जनाइएको छ । यसैगरी, नेपालको सीमा कहाँसम्म हो, त्यो यथार्थ हुनुपर्छ भन्ने प्रश्नसमेत चलचित्रले उजागर गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । 

उनका अनुसार काँडेतार चलचित्रमा नेपालले छिमेकि राष्ट्रहरुबाट भएका नेपाली, भूमि अतिक्रमण, सिमा विवाद, खुला सिमानाकाबाट भोग्नुपरेको समस्या चित्रण गरिएको छ ।

उक्त राष्ट्रवादी चलचित्र काँडेतार फागुन २५ गते देशभर प्रदर्शन हुने भएको छ । यस चलचित्रलाई  सबैले हेरेर सहयोग गरिदिन हुन् खड्काले अनुरोध गरेका छन् । चलचित्रको लगानी  ४ करोड रहेको निर्माता खड्काको भनाई रहेको छ ।