स्थानीय युवाको आक्रमणमा परी दुई जना प्रहरी जवान घाइते

स्थानीय युवाको आक्रमणमा परी दुई जना प्रहरी जवान घाइते

काठमाडौँ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा स्थानीय युवाको आक्रमणमा परी दुई जना प्रहरी जवान घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्रबहादुर शाही र हिमराज खड्का घाइते भएका हुन् ।

आइतबार साँझ बाँफिकोट–३ स्यार्पु ताल नजिकै स्थानीयबीच भएको विवादबारे बुझ्न पुगेका शाही र खड्कालाई स्थानीयले आक्रमण गर्दा टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी धर्मेन्द्र खड्काले बताए ।

स्थानीय युवाबीच झगडा भएको भन्ने सूचना आएपछि घट्नास्थल पुगेका प्रहरी माथि आक्रमण भएको हो । घाइतेको उपचार भइरहेको र यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।