भिटामिन बी १२ को कमी हुँदा के-के हुन सक्छ ?

भिटामिन बी १२ को कमी हुँदा के-के हुन सक्छ ?

एजेन्सी । भिटामिन बी १२ शरीरका लागि एकदमै आवस्यक हुन्छ । यसले रक्त कोषिकाहरु बनाउने काम गर्छ ।

शरीरमा यो भिटामिन कम हुँदा कमजोरी, वाकवाकी जस्ता समस्या हुने गर्छन् । खुट्टाका औंलाको सहयोगले शरीरमा भिटामिन बी १२ को कमी भएको लक्षण पत्ता लगाउन सकिन्छ ।

हाम्रो शरीरमा रक्तकोषिका बढाउन भिटामिन बी १२ चाहिन्छ । यो भिटामिनले डीएनए बनाउन पनि सहयोग गर्छ । भिटामिन बी १२ पानीमा घुल्ने गर्छ । यसले मेटाबोलिज्ममा पनि सुधार ल्याउँछ ।

शरीरमा भिटामिन बी १२ को कमी भयो भने एनीमिया, थकान, कमजोरी तथा डिप्रेशनजस्ता समस्या हुन सक्छन् । यस्तोमा तपाईंले आफ्नो खानपानमा भिटामिन बी १२ प्राप्त चीज भरपूर मात्रामा समावेश गराउनुहोस् ।

शरीरमा भिटामिन बी १२ को कमी हुँदा न्यूरोलोजिकल समस्या हुन सक्छ । यस्तोमा तपाईंका खुट्टामा झनझनाहट महसुस हुन सक्छ ।

धेरै मानिसमा भिटामिन बी १२ को कमी हुँदा खुट्टाका औंलामा ऐठन महसुस हुन्छ । यो समस्या खुट्टाका औंलामा मात्र सीमित भने हुँदैन । सम्पूर्ण शरीरमा जहाँ पनि हुन सक्छ ।

तपाईंले भिटामिन बी १२ को कमी पूरा गर्न चाहनुहुन्छ भने खानामा माछामासु, दुध, पनीर तथा अन्डा जस्ता चीज सेवन गर्न सक्नुहुन्छ ।