एक महिना मेथीको पानी खाएर हेर्नुहोस् शरीरमा परिवर्तन

एक महिना मेथीको पानी खाएर हेर्नुहोस् शरीरमा परिवर्तन

मेथीमा भिटामिन सी, डी, पोटाशियम, क्याल्सियम र फाइबर जस्ता पोषक तत्व पाइन्छन् । जो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छन् । यस्तोमा मेथीको पानीको सेवनले शारीरिक समस्या कम गर्दछ ।

स्वास्थ्य विशेषज्ञका अनुसार मेथीको पानीमा एन्टीब्याक्टेरियल तथा एन्टीअक्सीडेन्ट गुण पाइन्छन् ।

मेथी पानी तयार गर्न रातभर आधा चम्चा मेथी एक गिलास पानीमा भिजाउनुहोस् । बिहान उठेर खाली पेट उक्त पानी पिउनुहोस् । साथमा छानेको मेथी दानालाई टुसा उमारेर पनि खान सकिन्छ ।

मेथी पानीमा पाइने फाइबरले पाचन प्रणालीलाई एकदमै फाइदा गर्छ । यसले कब्जियत, ग्यास तथा एसिडिटी जस्ता पाचन सम्बन्धी समस्याबाट राहत पाइन्छ ।

भिजेको मेथी मुटुका लागि पनि फाइदाजनक हुन्छ । यसको सेवनले कोलेस्ट्रोलको स्तर नियन्त्रणमा रहन्छ । जसले मुटुसम्बन्धी समस्याको खतरा पनि कम हुन्छ ।

मेथीमा पाइने भिटामिन सी र डी जस्ता पोषक तत्वले छालालाई स्वस्थ बनाउँछन् । नियमित रुपमा भिजेको मेथीको पानी पिउनाले अनुहारमा भएका दागधब्बा र डन्डीफोर पनि कम हुन्छन् ।

मेथीको पानीले तौल कम गर्न पनि सहयोग गर्छ । नियमित बिहान खाली पेट मेथी पानी पिउँदा शरीरमा सुगरको मात्रा पनि नियन्त्रित रहन्छ । त्यसैले यो मधुमेहका समस्या भएका व्यक्तिका लागि पनि यो फाइदाजनक हुन्छ ।